४ वर्षअघि रियो ओलम्पिकमा भाग लिएकी निसा रावल आफ्नो पहिलो साग सहभागितामा स्वर्ण पदकविहिन बनिन्। उनी फाइनलमा भारतकी रोदाली बरुवासँग ३२–९ को ठूलो अन्तरले पराजित भइन्।
रियोमा उत्कृष्ट प्रदर्शन गरेकी निसाको यो पहिलो दक्षिण एसियाली खेलकुद थियो। ४ वर्षअघि भारतको आसाममा भएको १२ औं सागमा उनको तौल समूह समावेश गरिएको थिएन।
निसा ७३ केजी माथि तौल समूहमा सहभागी थिइन। उनले सेमिफाइनलमा श्रीलंकाकी नुवान्था लक्मालीलाई प्रभावशाली खेलमा पराजित गरेकी थिइन।
भारतीय खेलाडी रोदालीलाई पहिलो सेटमा तीनवटा टर्निङ किक प्रहार गरेकी निसा सेन्सरमा नलाग्दा अंकबिहिन बनेकी थिइन।
समग्रमा निसाभन्दा भारतीय खेलाडी रोदालीको फिटनेस उत्कृष्ट देखिन्थ्यो।