पाकिस्तानले बीचैमा खेल छोड्यो, स‌ंक्षमलाई स्वर्ण

तस्बिरः बिएल नेपाली सेवा

संक्षम कार्कीले नेपाललाई तेक्वान्दोमा ११ औं स्वर्ण दिलाएका छन्। पाकिस्तानका वकारअलि शाहविरूद्ध फाइनलमा २७–९ को स्कोर गरेका संक्षमले साग गेम्समा पहिलो स्वर्ण जितका हुन्। उनले ८७ माथिकाे ताैल समूहमा पाकिस्तानी खेलाडीलाई पराजित गरे।

तेस्रो चरणमा वकारले ७ सेकेन्डको खेल बाँकी रहँदा खेल परित्याग गरेका थिए। अघिल्लाे दुई सेटमा पाकिस्तानी खेलाडीविरुद्ध आक्रामक रुपमा प्रस्तुत भएका संक्षमले पहिलो खेलमा बंगलादेशका माेहम्मद मिजानुर रहमानलाई पराजित गरेका थिए।

प्रकाशित मिति: : 2019-12-04 16:24:06

प्रतिकृया दिनुहोस्