गौरिका सिंहले आफ्नै राष्ट्रिय कीर्तिमानमा सुधार गर्दै नेपाललाई दोस्रो स्वर्ण पदक दिलाएकी छिन्। उनले २ सय मिटर ब्याकस्ट्रोक २ मिनेट १७ दशमलव ७३ सेकेन्डमा पुरा गर्दै नेपाललाई अर्को स्वर्ण दिलाइन्।
शुक्रबार सातदोबाटोस्थित पौडी पोखरीमा भएको १३ औं सागअन्तर्गत २ सय मिटर ब्याकस्ट्रोक तर्फको खेलमा उनले भारतीय खेलाडी प्रितिराजीलाई पछि पारिन्। प्रितिले २ मिनेट १९ सेकेन्डमा दुरी पुरा गरेकी थिइन।
गौरिकाको नाममा यसअघि २ सय मिटर ब्याकस्ट्रोकको राष्ट्रिय कीर्तिमान थियो। उनले २ मिनेट ४१ दशमलव २६ सेकेन्डको कीर्तिमान बनाएकी थिइन।