ए डिभिजन लिग: हिमालयन शेर्पासँग बराबरीमा रोकियो एपीएफ

बिएल संवाददाता

काठमाडौं,Dec 22, 2019

सहिद  स्मारक ए डिभिजन लिगमा हिमालयन शेर्पा र विभागीय टिम शसस्त्र प्रहरी बल (एपीएफ) बराबरीमा रोकिएको छ। 

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा एपीएफ र हिमालयनसँग गोलरहित बराबरीमा रोकिएको हो। 

यो बराबरीसँगै एपीएफले लिगमा पहिलो अंक जोडेको छ। एपीएफले २ खेलमा १ अंक जोडेको हो।

पहिलो खेलमा एपीएफ मनाङ मर्स्याङ्दी क्लबसँग २–० ले पराजित भएको थियो।

शेर्पाले भने दुई खेलमा २ अंक जोडेको छ। पहिलो खेलमा शेर्पा नेपाल पुलिस क्लबसँग गोलरहित बराबरी खेलेको थियो।

प्रकाशित मिति: : 2019-12-23 06:19:45

प्रतिकृया दिनुहोस्