इंग्लिस प्रिमियर लिग: चेल्सीद्वारा टोटनह्याम पराजित

चेल्सीले इंग्लिस प्रिमियर लिगमा टोटनह्यामलाई पराजित गरेको छ।

शनिबार टोटनह्यामको घरेलु मैदान ह्वाइट हर्ट लेनमा भएको खेलमा पाहुना टोली चेल्सीले २–० को जित हात पारेको हो।

चेल्सीको लागि ब्राजिलियन विङ्गर विलियनले खेलको १२ औं मिनेटमा अग्रता दिलाएका थिए। त्यस्तै पहिलो हाफको इन्जुरी समयमा टोटनह्यामका गोल रक्षकले बल समात्ने क्रममा चेल्सीका खेलाडीलाई लडाएपछि पाएको पेनाल्टीलाई पुनः विलियनले सदुपयोग गर्दै जाली चुमाएका थिए।

खेलकाे ६२ औं मिनेटमा टोटनह्याम १० खेलाडीमा सिमित भयो। दक्षिण कोरियाका हिउङ मिन सनले साेझै रातो कार्ड खाँदा मैदान छाड्नु परेको थियो।

जितसँगै चेल्सी १८ खेलबाट ३२ अंक जोडेको छ। ऊ लिगको चौंथो स्थानमा यथावत रहेको छ। यता पराजित भएको टोटनह्यामले भने अंक तालिकाको चौंथो स्थानमा उक्लिने मौका खेर फ्याँकेको छ। उसको समान खेलबाट २६ अकं रहेको छ भने तालिकाको सातौं स्थानमा रहेको छ।

प्रकाशित मिति: : 2019-12-23 12:56:59

प्रतिकृया दिनुहोस्