बजारमा सुनको मूल्य बढ्ने क्रम जारी

बिएल संवाददाता

काठमाडाै‌ं

नेपाली बजारमा सुनको मूल्य बढ्ने क्रम जारी छ । मंगलबार सुनको मूल्य ३ सयले बढेको छ।  

आज सुन ७२ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। सोमबार सुन तोलाको ७१ हजार ९ सय रुपैयाँमा कारोबारो भएको थियो।

यस्तै, चाँदी तोलामा ८ सय ७५ मा कारोबार भइरहेको छ। सोमबार बजारमा चाँदी तोलामा ८ सय ६० रुपैयाँमा कारोबार भएको थियो।

प्रकाशित मिति: : 2019-12-25 01:45:00

प्रतिकृया दिनुहोस्