बेन्जिमाले गरे क्लबसँग थप सम्झौता

फ्रेन्च स्ट्राइकर करिम बेन्जिमाले क्लबसँगको सम्झौता थप गरेका छन्। 

बेन्जिमाले रियल मड्रिडसँग थप एक बर्षको सम्झैता गरेका हुन्। 

३२ वर्षे बेन्जिमाको रियलसँगको सम्झौता सन् २०२१ सम्म रहेको थियाे। तर, बेन्जिमाले सम्झौता सकिनु अघि नै सम्झौतामा नवीकरण गरेका हुन्। योसँगै बेन्जिमा अब रियलमा सन् २०२२ सम्म रहनेछन्। 

मार्काका अनुसार सम्झौता नवीकरणसँगै बेन्जिमाकाे तलबमा समेत वृद्धि भएको छ।

प्रकाशित मिति: : 2019-12-31 19:12:55

प्रतिकृया दिनुहोस्