प्रिमियर लिग: आर्सनलसँग हार्‍याे युनाइटेड

इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले जित निकालेको छ।

लण्डन क्लब आर्सनलले बुधबार राति भएको खेलमा म्यान्चेस्टर युनाइटेड क्लबलाई २–० गोल अन्तरले हराएको हो।

आर्सनलको जितमा निकोलास पेपे र सोक्राती पापस्तथोपोलोसले एक–एक गोल गरे।

आर्सनलले दुवै गोल पहिलो हाफमा गरेको थियो।

आठौं मिनेटमा निकोलासले आर्सनललाई अग्रता दिलाएका थिए।  

यस्तै खेलको ४२ औं मिनेटमा पापस्तथोपोलोसले गोल गर्दै आर्सनलको अग्रतालाई दोब्बर बनाएका थिए।

जितसँगै आसर्नले २१ खेलबाट २७ अंक जोड्दै तालिकाको दशौं स्थानमा उक्लिएको छ। युनाइटेड ३१ अंक सहित तालिकाको पाँचौ स्थानमा छ।

प्रकाशित मिति: : 2020-01-02 19:50:34

प्रतिकृया दिनुहोस्