ए डिभिजन लिग: एपीएफकाे पहिलो जित

राजधानीमा जारी शहीद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगितामा विभागीय क्लब एपीएफले पहिलो जित दर्ता गरेको छ।

सातदोबाटोस्थित एन्फा मैदानमा विहीबार भएको खेलमा एपीएफले सरस्वती क्लबलाई २–१ गोल अन्तरले पराजित गरेको हो। पहिलो हाफ गोलरहित बराबरीमा सकिएकोमा ६३ औं मिनेटमा एपीएफले अग्रता दिएको थियो। प्रविणकुमार श्रेष्ठको पासलाई आशिष लामाले अग्रता दिलाएका हुन्। 

दोस्रो हाफको इन्ज्योरी समयको तेस्रो मिनेटमा आशिष लामालेनै व्यक्तिगत तथा टिमका लागि दोस्रो गोले। तर, त्यसको एक मिनेटपछि सरस्वतीले एक गोल फर्काएको थियो। सरस्वतीका लागि विनोद केसीले गोल गरेका थिए। केसी जारी लिगमा सरस्वतीका लािग गोल गर्ने पहिलो खेलाडी पनि बनेका छन्।  

जारी लिगमा एक खेलमात्रै बराबरी गरेको एपीएफले जितसँगै तालिकामा चार अंक बनाएको छ। यस्तै सरस्वतीले अहिलेसम्म जितको स्वाद चाख्न पाएको छैन।  

प्रकाशित मिति: : 2020-01-03 06:37:17

प्रतिकृया दिनुहोस्