एफए कप: आज चार खेल हुँदै, लिभरपुलले हराउँला त एभर्टनलाई?

बिएल संवाददाता

काठमाडाै‌ं

एफए कप फुटबलमा आइतबार राति दुई इंग्लिस प्रिमियर लिग क्लब लिभरपुल र एभर्टनबीच प्रतिस्पर्धा हुँदैछ।

एफए कप अन्तर्गत तेस्रो चरणको खेलमा लिभरपुलले घरेलु मैदानमा एभर्टनको सामना गर्न लागेको हो। खेल राति नेपाली समय अनुसार ९:४५ बजे सुरु हुनेछ।

दुईबीचको खेल बराबरीमा सकिए पुनः दुई टोलीले रिप्ले खेल खेल्नेछ। त्यसैले लिभरपुल जित निकाल्दै चौंथो चरणमा पुग्ने लक्ष्यसहित मैदान उत्रने छन्। 

यस्तै अन्य खेलमा टोटेनहमले च्याम्पियनसिप क्लब मिडल्सब्रोसँग उसैको मैदानमा खेल्नेछ।

चेल्सीले नोटिङघम फोरेस्टसँग घरेलु मैदानमा खेल्नेछ।

सेफिल्डले फ्लेडसँग प्रतिस्पर्धा गर्दा क्रिस्टल प्यालेसले डर्बी काउन्टीसँग खेल्नेछ।
 

प्रकाशित मिति: : 2020-01-06 06:09:21

प्रतिकृया दिनुहोस्