एफए कप: मिडल्सब्रोसँग टोटेनह्याम बराबरीमा रोकियाे

एफए कप अन्तर्गत तेस्रो चरणको खेलमा टोटेनह्याम मिडल्सब्रोसँग उसैको मैदानमा बराबरीमा रोकिएको छ।

आइतबार राति भएको खेलमा टोटेनह्याम मिडल्सब्रोसँग १–१ गोलको बराबरीमा रोकिएको हो।

खेलको ५० औं मिनेटमा मिडल्सब्रोका एस्ले फ्लेचरले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए। तर ६१ औं मिनेटमा टोटोनह्यामका लुकास मौराले गोल गर्दै खेल बराबरीमा ल्याए।

बराबरीसँगै टोटेनहमले मिडल्सबर्गसँग पुन: रिप्ले खेल खेल्नु पर्ने भएको छ।

यस्तै सेफिल्ड युनाइटेडले एएफसी फ्लेडलाई २-१ ले हराएर चौंथो चरणमा प्रवेश गर्दा क्रिस्टल प्यालेस डर्बी काउन्टीसँग १-० ले पराजित भएको छ।

प्रकाशित मिति: : 2020-01-06 10:26:21

प्रतिकृया दिनुहोस्