७६ हजारमा प्रवेश गर्‍यो सुनको मूल्य

बिएल संवाददाता

काठमाडाै‌ं

नेपाली बजारमा सुनको मूल्य ऐतिहासिक बिन्दुमा पुगेको छ। गत शुक्रबार, आइतबार र सोमबारका लागि तोकिएको सुनको बजार खरिद मूल्य अहिलेसम्मकै सबैभन्दा उच्च भएको हाे।

नेपाल सुनचाँदी व्यवसायी महासंघले सोमबार लागि छापावाला सुनको मूल्य प्रतितोला ७६ हजार रुपैयाँ तोकेको छ। यस्तै तेजावी सुनको मूल्य प्रतितोला ७५ हजार ७ सय र सोमबारका लागि चाँदीको मूल्य प्रतितोला ९२० रुपैयाँ तोकिएको छ।

आइतबारको तुलनमा छापावाल र तेजावी सुनको मूल्य प्रतितोला ५०० रुपैयाँले बढेको छ भने चाँदीको मूल्य पनि प्रतितोला २० रुपैयाँले बढेको छ।

अमेरिका र इरानबीच बढ्दो तनावपछि शुक्रबारदेखि विश्व बजारमा सुनको मूल्यमा उच्च वृद्धि देखिएको छ।

प्रकाशित मिति: : 2020-01-07 01:28:35

प्रतिकृया दिनुहोस्