शारीरिक व्यायामः एक्लै गर्नु लाभदायक कि सामूहिक ?

लाउरा हेली

काठमाडौं

व्यायाम शारीरिक स्वास्थ्यका लागि मात्र होइन, मानसिक स्वास्थ्यका लागि पनि उत्तिकै हितकारी हुन्छ। वास्तवमा धेरै मानिसले मानसिक स्वास्थ्यकै लागि शारीरिक व्यायाम गर्ने गर्छन्। तर, के सबै व्यायाम समान रूपमा हितकारी हुन्छन् त? खासगरी एक्लै व्यायाम गर्दा र सामूहिक रूपमा व्यायाम गर्दा एउटै परिणाम आउँछ त? अझ भनौं, ती दुवैको फाइदा उस्तै उस्तै हुन्छ त?

हालै भएको एउटा अनुसन्धानले व्यायामको प्रकृतिमा भएको फरकले मानसिक स्वास्थ्यमा पार्ने प्रभावबारे अध्ययन गरेको छ। अनुसन्धाननमा १६ देखि २४ वर्षको उमेर समूहका विद्यार्थीलाई समावेश गरिएको थियो। उक्त अनुसन्धानमा हप्तामा कम्तिमा एक पटक योगजस्ता सामूहिक रूपमा  र एक्लै व्यायाम गर्दा आउने परिणामबारे अध्ययन भएको थियो। 

प्रकाशित मिति: : 2020-01-09 20:56:53

प्रतिकृया दिनुहोस्