ए डिभिजन लिग : एनआरटी र आर्मी तथा फ्रेण्ड्स र संकटा आमने सामने हुने

शहीद स्मारक ए डिभिजन लिग फुटबलमा शनिबार आठौं चरणको खेल सकिँदै छ।

पहिलो खेलमा न्युरोड टिम एनआरटी र त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुने छ। दोस्रो खेलमा फ्रेण्ड्स र संकटा आमने सामने हुने छन्। दुवै खेल दशरथ रंगशलामा हुने छन्।

आर्मी तालिकाको शीर्ष स्थानमा छ। तर अरु दुई टिमको पनि आर्मीसँगै समान १६ अंक भएकाले आजको खेलमा जीत निकाले स्पष्ट तीन अंकले अघि बढ्ने छ।

एनआरटी भने ११ अंकको साथमा सातौं स्थानमा छ। शनिबारको खेलमा एनआरटी विजयी भए चौथो स्थानमा रहेको थ्रीस्टारसँग अंक बराबरी गर्ने छ।

प्रतियोगिता अन्तर्गत शनिबार हुने दोस्रो खेलमा फ्रेण्ड्स र संकटा आमने सामने हुने छन्। फ्रेण्ड्स जारी लिगमा ११ औं स्थानमा छ भने संकटा नवौं स्थानमा छ।

आजको खेलमा फ्रेण्ड्स विजयी भए आठौं स्थानमा पुग्ने छ भने संकटा विजयी भए छैटौं स्थानमा उक्लने छ। प्रतियोगिता अन्तर्गत शुक्रबार मनाङ र च्यासल विजयी भएका थिए।
 

प्रकाशित मिति: : 2020-01-25 20:16:09

प्रतिकृया दिनुहोस्