खोजेको पुस्तक पाउनु भएन ? प्रज्ञा पुस्तकालय जानुस्

तस्बिर : देखापढी

साँघुरो कोठा र असरल्ल किताब अस्तव्यस्त रहने प्रज्ञा प्रतिष्ठानको पुस्तकालयले नयाँ भवनमा नयाँ रूपधारण मात्र गरेको छैन, अब घरबाटै किताब छान्न सकिनेगरी इ–लाइब्रेरीसमेत शुरू गर्दैछ। 

काठमाडौं। मुगुका हिरा बिजुली नेपालीलाई कर्णालीको इतिहासबारे जान्न मन लाग्यो। उनले कर्णालीको इतिहासबारेका किताब खोज्न थाले। गाउँ–ठाउँमा कुनै किताब नपाएपछि आइपुगे काठमाडौं। ठमाडौंका विभिन्न पुस्तक पसल तथा पुस्तकालयमा पनि त्यसबारेका पुस्तक फेला पार्न सकेनन्। कहीँ कतैबाट पनि खोजेका सामग्री नपाएपछि उनको ध्यान प्रज्ञा प्रतिष्ठानको पुस्तकालतिर मोडियो। कमलादी, काठमाडौंस्थित प्रज्ञा प्रतिष्ठानको पुस्तकालय पुगेका नेपालीले ‘कर्णाली लोक संस्कृति इतिहास’ पुस्तक सहजै पाए। खोजे जस्तै पुस्तक पाएपछि उनी फुरुङ्ग परे। पाँच खण्डमा रहेको कर्णाली लोक संस्कृतिको इतिहास उनले फोटोकपी गरेर लगे। 

प्रकाशित मिति: : 2020-01-31 00:42:37

प्रतिकृया दिनुहोस्