डर्टमण्ड पुगे युभेन्ट्सका इम्री क्यान

मिडफिल्डर इम्री क्यान जर्मन बुन्डेस लिगा क्लब बोरुसिया डर्टमन्ड फर्किएका छन्।  इटालियन सिरी ‘ए’ क्लब युभेन्ट्स तथा जर्मनीका मिडफिल्डर क्यानलाई २२ मिलियन पाउन्डमा डर्टमन्डले क्लबमा अनुबन्ध गरेको हो।

२६ वर्षीय क्यानलाई म्यानचेस्टर युनाइटेड, टोटेनहम हस्टपर, आर्सनल र पुर्व क्लब बायर्न म्युनिखले अनुबन्धको लागि चासो देखाएपनि डर्टमन्डले बाजी मारेको हो। डर्टमन्डमा क्यानको सम्झौता लोनमा हो कि स्थायी भन्ने खुलाइएको छैन। 

क्यानले युभेन्ट्सको अफरलाई अस्वीकार गर्दै डर्टमन्ड रोजेका हुन्। युभेन्ट्सले क्यानलाई २५ मिलियन युरोमा किन्नको लागि विकल्प भने दिएको छ। डर्टमन्डले यसअघि नर्वेका १९ वर्षीय युवा प्रतिभा अर्लिङ हाल्यान्डलाई रेडबुल साल्जवर्गबाट अनुबन्ध गरेको थियो।

क्यान २०१८ मा लिभरपुल छाड्दै युभेन्टस पुगेका थिए। तर, माउरिजियो सर्री प्रशिक्षक बनेपछि उनले युभेन्ट्समा कम मौका पाउदै आएका थिए।

क्यानले यस अघि वायर्न म्युनिख र बायर लिभरकुसेनबाट बुन्डेस लिगा खेलिसकेका छन्।

डर्टमन्ड बुन्डेस लिगाको चौथो स्थानमा छ। डर्टमण्डले १८ खेलमा ३३ अंक जोडेको छ। ४० अंक जोडेको आरबी लेइप्जिग बुन्डेस लिगाको शीर्ष स्थानमा छ।

प्रकाशित मिति: : 2020-02-01 23:14:12

प्रतिकृया दिनुहोस्