अस्तव्यस्त जाजरकोट अस्पताल: एक महीनामा एक जना पनि बिरामी भर्ना गरिएन

सात विशेषज्ञ चिकित्सकसहित ६५ स्वास्थ्यकर्मीको दरबन्दी रहेको यस अस्पतालमा अहिले १८ जना स्वास्थ्यकर्मी मात्र कार्यरत छन्।

देखापढी

जाजरकोट

उपकरण र जनशक्ति अभावमा जाजरकोट अस्पतालको उपचार सेवा प्रभावित भएको छ।

आफ्नै ठाउँको अस्पतालमा सामान्य उपचार नपाउँदा जाजरकोटवासी हजारौँ  रकम खर्चेर उपचारका लागि जिल्ला बाहिर जान बाध्य छन् ।

दन्त चिकित्सक निशा बुढामगर सुत्केरी बिदामा भएको र उनको ठाउँमा अन्य चिकित्सक नहुँदाा चार महीनादेखि दाँतसम्बन्धी उपचार ठप्प छ।

प्रकाशित मिति: : 2020-02-12 00:52:06

प्रतिकृया दिनुहोस्