घरेलु तथा साना उधोग महासंघ पर्साको अध्यक्षमा यशोदा गजुरेल

नेपाल घरेलु तथा साना उधोग महासंघको दोस्रो जिल्ला अधिवेशनले महिला तर्फबाट अध्यक्षमा यशोदा गजुरेल चयन गरेको छ।

 शनिबार भएको एक दिने जिल्ला अधिवेशले महिला उद्धमी गजुरेलको अध्यक्षतामा नौ सदस्यीय नयाँ जिल्ला कार्य समिति समेत सर्बसम्मत रुपमा चयन गरेकाे छ। समितिको उपाध्यक्षमा ओम कुमारी शर्मा, सचिवमा रेखा जैसी, कोषाध्यक्षमा सुमित्रा साप्कोटा तथा सदस्यमा सन्तोषि खतिवडा लगायतका छन्।

त्यसैगरि प्रदेश २ का अध्यक्ष सत्यनारायण अग्रवालको नेतृत्वमा वीरगन्ज नगरको कार्य समितिको जिम्मेवारी ज्योति श्रेष्ठले पाएकी छन्। नगर अध्यक्ष श्रेष्ठको नेतृत्वमा गठन भएको समितिको उपाध्यक्षमा उर्मिला थापा, सचिवमा पिकीं गुप्ता, कोषाध्यक्षमा सुनैना मानन्धर सर्वसम्मत चयन भएका छन्।

प्रदेशको ८ वटै जिल्लामा हुने अधिवेशनमा बारा तथा पर्साको सम्पन्न भईसकेको र आगामी फागुन १५ गते भित्रमा बाँकि रहेका ६ वटा जिल्लाहरुमा सम्पन्न भइसक्ने प्रदेश संयोजक अग्रवालले जनाए। प्रदेशको सम्पन्न भएपश्चात केन्द्रको अधिवेशन यहि चैत्र मसान्तमा सम्पन्न हुने उनले जनाए। 
 

प्रकाशित मिति: : 2020-02-17 01:21:04

प्रतिकृया दिनुहोस्