सिग्देलको नेतृत्वमा नाट्टा गण्डकी

नेपाल एशोसियसन अफ टुर्स एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) गण्डकी शाखाको अध्यक्षमा युवा पर्यटन व्यवसायी सञ्जयकान्त सिग्देल निर्वाचित भएका छन्।

पोखरामा शनिबार सम्पन्न ११ औं अधिवेशनले सिग्देलको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको हो ।  

सिग्देलले २० मत अन्तरले झवी अधिकारीलाई पराजित गरेका हुन्। त्यसैगरी प्रथम उपाध्यक्षमा हरिराम अधिकारी, द्वितीय उपाध्यक्षमा किशोर दाहाल, महासचिवमा कमला गिरी, सचिवमा संगीता पौडेल, कोषाध्यक्षमा राजेश पहारी, सहकोषाध्यक्षमा नवराज भण्डारी निर्वाचित भए।

त्यस्तै सदस्यहरूमा शुभास पहारी, सुशिला सिग्देल, ताराप्रसाद गौतम, सन्दिप श्रेष्ठ र खिमबहादुर नेपाली बिजयी बनेका छन् ।

१५ सदस्यीय समितिमा २ सदस्यलाई अध्यक्षले मनोनित गर्ने व्यवस्था छ। नव निर्वाचित अध्यक्ष सिग्देल विगत दुई दशकदेखि पर्यटनमा क्रियाशिल हुँदै आएका छन्। ‘अब नाट्टा गण्डकीलाई नयाँ उचाईमा पुर्‍याउँनेछौं’, उनले भने ।

प्रकाशित मिति: : 2020-02-17 02:55:58

प्रतिकृया दिनुहोस्