अस्ट्रेलियामा कारमा आगलागी हुँदा चार जनाको ज्यान गयाे

बिएल संवाददाता

काठमाडाै‌ं

अस्ट्रेलियामा कारमा आगलागी हुँदा चार जनाको ज्यान गएको छ। 

क्याम्प हिलमा भएको आगलागीमा १० वर्षमुनिका तीन जना बालबालिकासहित चार जनाको ज्यान गएको हो।

कारमा रहेकी एक जना महिला शरीरका धेरै भाग जलेर घाइते भएकी छिन् र उनलाई उपचारका लागि अस्पताल लगिएको बीबीसीले जनाएको छ।

कारमा कसरी आगलागी भयो भन्ने सम्बन्धमा अनुसन्धान भइरहेको अस्ट्रेलियाको प्रहरीले जनाएको छ। प्रहरीले कारमा रहेका पाँचै जनाको पहिचान खुलाएको छैन।

‘यो घटनाको दृश्य निकै भयानक थियो’, डेप्युटी इन्सपेक्टर पार्क थम्पसनले स्थानीय सञ्चारमाध्यमलाई जनाएका छन्। 

प्रकाशित मिति: : 2020-02-20 01:24:23

प्रतिकृया दिनुहोस्