छाेराले राेनाल्डाे, नेयमार र सुआरेजकाे कुरा गर्छ: मेसी

बिएल संवाददाता

काठमाडाै‌ं

बार्सिलोनाका स्टार स्ट्राइकर तथा कप्तान लियोनल मेसी यो समयका विश्व फुटबलका महान खेलाडी हुन्।

उनको खेल कौशलले विश्वभरका फुटबल प्रेमी लोभिएका छन्। बार्सिलोनाबाट उनले क्लब र व्यक्तिगत स्तरमा जित्न या प्राप्त गर्न सम्भव भएका सबै उपाधिहरु हात पारेका छन्।

तर राष्ट्रिय टिमको कुरा गर्दा भने उनको विगत बिर्सन लायक छ। राष्ट्रिय टिमबाट क्लब फुटबलमा जस्तै उपाधि हाँसिल गर्न नसकेको भन्दै अर्जेन्टिनामा मेसी आलोचना पनि हुने गरेको छ। तर मेसीले ६ पटक बालोन डी ओर जित्दा पोर्चुगलका युभेन्ट्सका स्टार क्रिस्टियानो रोनाल्डोले पनि ५ पटक आफ्नो नाममा लेखाइसकेका छन्।

लामो समय उनीहरुबीच स्पेनिस ला लिगामा पनि निकै प्रतिस्पर्धा भयो। गतवर्ष भने रोनाल्डो इटाली लागेका थिए। तर मेसीका छोरा थिएगोले भने रोनाल्डोलाई मन पराउँछन्।

मेसी आफ्नो पछिल्लो अन्तवार्तामा छोराले बार्सिलोनका अन्य स्टार लुइस सुआरेज, एन्टोनी ग्रिजमान तथा पीएसजीका केलियन एमबाप्पे, रोनाल्डो र नेयमारका बारेमा कुरा गर्ने गरेको बताएका छन्।

‘हाम्रो सम्बन्ध राम्रो भएका स्वारेज, ग्रिजमनका बारेमा कुरा गर्छन’ , उनले भनेका छन्, ‘उनले एमबाप्पे, रोनाल्डो र नेयमारका बारेमा कुरा गर्छन्।’

अटूडाे भिडालसँगको पहिलो भेटमै छाेरा फ्यान भएकाे मेसी बताउँछन्। ‘भिडालसँग उनी कपालको कारण प्रभावित भएका छन्’ मेसीले भने ।

मेसी थिएगोलाई खेलाडीका बारेमा नयाँ कुरा सोध्न पनि चासो रहेको बताउँछन्। ‘उसलाई उनीहरुका बारेमा धेरै थाहा छ,’ मेसीले भने,‘ उनी अझ उनीहरुका बारेमा जान्न चाहन्छन्।’ 

थिएगो मेसी अहिलेदेखि नै फुटबलमा निकै रुचि राख्ने गर्छन् र भविष्यमा बार्सिलोनाबाट खेल्ने बताउँछन् । थिएगो पनि बार्सिलोनाको एकेडेमीमा खेल्दै आएका छन्। भर्खरै उनले गरेको गोलले समाजिक सञ्जालमा चर्चा पाएको थियो।
 

प्रकाशित मिति: : 2020-02-25 03:32:37

प्रतिकृया दिनुहोस्