इन्टरले लुडोगोरेट्सविरुद्धको घरेलु खेल दर्शकबिना बन्द रंगशालामा खेल्ने

इटालियन क्लब इन्टर मिलानले युरोपा लिगको अन्तिम ३२ अन्तर्गत पहिलो लेग खेल बिहिबार राति खेल्नेछ । तर, मिलानमा कोरोना भाइरसको संक्रमण तीव्र गतिमा फैलिएको छ।

भाइरसका कारण इटाली सरकारले  शनिबार पत्रकार सम्मेलन गरे सिरी ए का तीन खेलहरू स्थगित गर्ने निर्णय गरेको थियो। सरकारको यो निर्णयले इन्टर मिलानको साम्पदोरियाविरूद्धको खेलको साथमा भेरोना विरुद्ध क्याग्लियारी र अटलान्टा बनाम ससुउलोको खेलहरू स्थगित हुने थिए।

याे पनि

कोरोना भाइरस: सिरी ए का तीन खेलहरू स्थगित

तर कल्बले नमानेपछि कुनैपनि खेल स्थगित नहुने भएको छ। यसको बिकल्पमा आयोजकले हरेक खेल बन्द रंगाशालामा खेलाउने भएको छ। 

इन्टर लुडोगोरेट्सविरुद्धको घरेलु खेल पनि दर्शकबिना बन्द रंगशालामा खेल्ने भएको छ। यसअघि सिरी ए अन्तर्गत इन्टर र साम्पडोरियाबीचको आइतबार तय खेल स्थगित गरिएको थियो ।

कोरोनाको कारण मिलान शहरको विभिन्न स्कुल तथा कलेजहरु सोमबारबाट बन्द गरिएको छ ।

देशको उत्तरी क्षेत्रको लोम्बार्डीमा  दुई जनाको  ज्यान गएपछि इटालीको सरकारले खेलहरू स्थगित गर्ने निर्णय गरेको थियो।

गत वर्ष चीनको हुबेई प्रान्तमबाट सुरू भएको कोभी–१९ नामक भाइरसको संक्रमणबाट हालसम्म चीनमा दुई हजार ४ सय जनाभन्दा बढीको ज्यान गएको छ। मूख्य भूमि चीनमा ७७ हजारभन्दा बढीमा उक्त भाइरसको सङ्क्रमणको पुष्टि भएको छ।

चीनबाहिर २६ देशमा १२ सय मामिलाहरू पुष्टी भए छन् भने हालसम्म १० जनाले ज्यान गुमाइसकेका छन्।  

प्रकाशित मिति: : 2020-02-25 22:19:37

प्रतिकृया दिनुहोस्