कार्गो टेन्डरमा यती समूहलाई पोस्ने पूर्वएमालेका पाँच पर्यटनमन्त्री

सन्तोष भट्टराई

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको एयर कार्गो कम्प्लेक्स ठेक्का यती समूहलाई दिन चार पूर्वसहित पाँच पर्यटनमन्त्रीले भूमिका खेलेको तथ्य फेला परेको छ। 

यतीलाई कार्गोको टेन्डर दिन मरिहत्ते गर्ने सबै पर्यटनमन्त्री पूर्वएमालेका हुन्। नागरिक उड्डयन तथा पर्यटन मन्त्रालय र नागरिक उड्डयन प्राधिकरणले यती समूहलाई कार्गोको ठेक्का दिन पटक–पटक अदालतको अवहेलना गरेका छन्। 

यती समूहलाई टेन्डर नपरेपछि मन्त्रीले नै हस्तेक्षप गरी अर्कैलाई लिएको ठेक्का नै रद्द गरेका छन्। ठेक्का रद्द गर्न भूमिका खेल्ने पूर्वपर्यटनमन्त्री हुन्– दीपकचन्द्र अमात्य, कृपासुर शेर्पा, आनन्दप्रसाद पोखरेल र रवीन्द्र अधिकारी। २०७१ सालदेखि चलिरहेको यो चलखेलमा अहिले पर्यटनमन्त्री योगेश भट्टराई पनि संलग्न रहेको भेटिएको छ।

तत्कालीन कांग्रेस सभापति सुशील कोइराला नेतृत्वको सरकारमा एमाले सत्ता साझेदार दल थियो। त्यो समयमा यती समूहकै प्रभावमा परेर तत्कालीन एमालेले डेढ वर्षमै तीन पर्यटनमन्त्री फेरेको थियो।

कोइराला सरकारको पालामा कार्गो सञ्चालनका लागि २०७१ असार ३१ गते ग्लोबल टेन्डर आह्वान गरिएको थियो। जुन समयमा पर्यटनमन्त्री थिए दीपकचन्द्र अमात्य। र, त्यहीँ बेलाबाट सुरु भएको कार्गो टेन्डर यतीलाई दिने पर्दा पछाडिको खेल अहिलेसम्म चलिरहेको छ।

प्रकाशित मिति: : 2020-02-26 02:24:55

प्रतिकृया दिनुहोस्