च्याम्पियन्स लिग: नापोलीको मैदानमा बार्सिलोना निराश

च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ को पहिलो लेगको खेलमा बार्सिलोना बराबरीमा रोकिएको छ।

मंगलबार राति भएको खेलमा नापोलीको घरेलु मैदानमा बार्सिलोना १–१ गोलको बराबरी खेलेको हो।

पाहुना टोली बार्सिलोनाले बराबरी खेलेपनि अवे गोल प्राप्त गर्न भने सफल रह्यो। डेरिस मार्टिन्सले ३० औं मिनेटमा गोल गर्दै घरेलु टोली नापोलीलाई सुरुवाती अग्रता दिलाए।

बार्सिलोनका एन्टोनी ग्रिजम्यानले ५७ औ‌ं मिनेटमा बराबरी गोल फर्काएका थिए।

खेल सकिन एक मिनेट बाँकी छदाँ आर्तुरो भिडाल रातो कार्ड खादै मैदान बाहिरिएपछि बार्सिलोनाले १० खेलाडीमा सिमित भएर खेलको अन्त्य गरेको थियो।

दोस्रो लेगको खेल बार्सिलोनाको घरेलु मैदानमा हुनेछ।

प्रकाशित मिति: : 2020-02-26 20:00:02

प्रतिकृया दिनुहोस्