युईएफए नेशन्स लिगको ड्र सार्वजनिक (तालिकासहित)

साविक विजेता पोर्चुगलले युईएफए नेशन्स लिग २०२०–२१ मा लिग ए को समूह सी मा परेको छ। 

युईएफले सार्वजनिक गरेको समूह विभाजन अनुसार पोर्चुगल परेको समूहमा विश्वकप विजेता फ्रान्स र उपविजेता क्रोएसिया र स्वीडेन रहेका छन्।

युईएफले सार्वजनिक गरेको ड्र अनुसार लिग ए मा चार समूह छन्। जसमा ४/४ टिम छन्। यसअघि ३/३ टिम रहेकोमा युईएफले यसपटक परिवर्तन गरेको हो।

लिग ए को समूह ए मा नेदरल्यान्ड्स, इटाली, बोस्निया एण्ड हर्जगोभिना र पोल्यान्ड छन्।  समूह बी मा इङ्ल्यान्ड, बेल्जियम, डेनमार्क र आइसल्यान्ड छन्। समूह सी मा पोर्चुगल, फ्रान्स, स्वीडेन र क्रोएसिया छन् भने समूह डी मा स्वीट्जरल्यान्ड, स्पेन, यक्रेन र जर्मनी छन्

यस्तै लिग बी मा पनि ४/४ टिमको चार समूह छ। समूह ए मा अस्ट्रिया, रोमानिया, नर्दन आयरल्यान्ड  र नर्वे छन्।

समूह बी मा इजरायल, स्लोभाकिया, स्कटल्यान्ड र चेक गणतन्त्र छन्। समूह सी मा हंगेरी, टर्की, सर्विया र रुस छन् भने समूह डी मा वेल्स, बुल्गेरिया, आयरल्यान्ड र फिनल्यान्ड छन्।

लिग सी मा पनि चार समूह छन्। लिग सी को समूह ए मा अजरबैजन, लक्जेमबर्ग, साइप्रस र मोन्टेनेग्रो छन्, समूह बी मा अर्मेनिया, इस्टोनिया, उत्तरी म्यासेडोनिया र जर्जिया, समूह सी मा माल्डोभा, स्लोभेनिया, कोसोभो र ग्रिस र समूह डी मा काजकिस्तान, लिथुनिया, बेलारुस र अल्बानिया छन्।

यसपटक लिग डी मा दुई समूह मात्र छ र जम्मा ७ टिम छन्। लिग डी को समुह एमा माल्टा, एन्डोरा, लात्भिया र फारोई आइसल्यान्ड छन् भने समूह बी मा सामारिनो, लिचेस्टाइन र जिब्राल्टर छन्।

युइएफए नेशन्स लिगको खेलहरु सेप्टेम्बर पहिलो सातादेखि शुरु हुनेछ। खेल तालिका भने युईएफले केही समयपछि सार्वजिक गरिने जनाएको छ। यस्तै फाइनल जुन २०२१ मा हुनेछ।

यसपटक युईएफले लिग ए र लिग बी मा सहभागी संख्या बढाएर १६ टिम बनाएको  छ। लिग ए को चारवटै समूहको विजेताले फाइनल चरणमा स्थान बनाउनेछन् भने पुछारमा रहने टिम लिग बी मा घटुवा हुनेछन्।

नेशन्स लिगको समूह विजेता भएर पनि विश्व कप र विश्वकप प्लेअफमा छनोट नभएका टिमले १२ टिमबीच हुने विश्वकप प्लेअफमा स्थान बनाउनेछन्।

प्रकाशित मिति: : 2020-03-05 03:32:39

प्रतिकृया दिनुहोस्