कति छ अत्यावश्यक उपभोग्य वस्तुको मौज्दात ? निकेश खत्री निकेश खत्री

देखापढी

काठमाडाैं

कोरोना संक्रमणको सन्त्रासमा उपभोक्ताले आवश्यकता भन्दा बढी उपभोग्य सामग्री जम्मा गर्न थालेका छन्। तर, सरकारका निकायहरू भन्छन्- नेपाली बजारमा प्रशस्त उपभोग्य वस्तु स्टक छ, आत्तिनु पर्दैन।  

काठमाडौं। कोरोना भाइरसको संक्रमण बढ्दै जाँदा संसारले नै स्वास्थ्य चुनौती भोगिरहेछ। यो चुनौतीसँगै त्रास पनि फैलँदो छ। कोरोना संक्रमणको त्रासले नेपालमा भने खाद्यवस्तुको भण्डारण सिर्जना गरिरहेछ। 

कोरोना संक्रमण नफैलियोस् भनेर चीनले अहिले व्यापारिक नाकाबन्द गरेको छ। भारतमा भने कोरोना संक्रमण फैलँदो छ। चीनलेजस्तै भारतले पनि संक्रमण रोक्नका लागि नाका बन्द राख्यो भने दैनिक उपभोग्य सामग्रीको अभाव हुने सन्त्रासका कारण पनि आम उपभोक्ता दैनिक उपभोग्य वस्तुको संकलनमा लागेका छन्। 

काठमाडौं उपत्यकावासीहरू एलपी ग्यास, नुन, तेल, चामलजस्ता उपभोग्य वस्तु संकलन गर्न लागिपरेका छन्। सरकारले भने बजारमा प्रशस्त खाद्यान्न र ग्यास मौज्दात रहेकाले उपभोक्ताले अतिरिक्त भण्डारण गर्न नपर्ने भनिरहेको छ।

प्रकाशित मिति: : 2020-03-09 22:30:00

प्रतिकृया दिनुहोस्