वेवारिस अवस्थामा ३ किलो चाँदीका गहना फेला

सशस्त्र प्रहरीको टोलीले वेवारिस अवस्थामा ३ किलो चाँदीका गहना फेला पारेको छ।

सशस्त्र प्रहरी बलको नम्बर १४ गुल्म र नम्बर १५ गुल्म पर्साबाट खटिएको टोलीले वीरगन्जबाट काठमाडौंतर्फ जाँदै गरेको ना ५ ख ५८६८ नम्बरको बस चेकजाँच गर्ने क्रममा झोलामा राखिएको अवस्थामा चाँदीका गहना फेला परेका हाे।

बसमा फेला परेका चाँदीका गहनाहरु भन्सार छलि गरेर अवैध रुपमा भारतबाट भित्र्याइएको हुन सक्ने सशस्त्र प्रहरीको भनाइ छ।

बरामद भएको गहनाको बजार मूल्य करिब १ लाख ३९ हजार ३ सय ८ रुपैयाँ रहेको जनाइएको छ।

बरामद भएको गहना भन्सार कार्यालय वीरगन्जमा बुझाइएको सशस्त्र प्रहरी बलले जनाएको छ।

प्रकाशित मिति: : 2020-03-10 00:42:17

प्रतिकृया दिनुहोस्