चीनले अमेरिकाका थप तीन जना पत्रकारहरु गर्‍याे देश निकाला

एजेन्सी

काठमाडाै‌ं

चीनले अमेरिकाका थप तीन जना पत्रकारहरुलाई देश निकाला गर्ने निर्णय गरेको छ। न्यूयोर्क टाइम्स, द वाल स्ट्रीट जर्नल र वाशिङ्गटन पोष्टका पत्रकारहरुलाई देश निकाला गर्ने निर्णय गरेको हो।

चिनियाँ विदेश मन्त्रालयले ती पत्रकारहरुलाई १० दिनभित्र चीन छाड्न आदेश दिएको छ। 

अमेरिकासँग सम्बन्ध बिग्रिएका बेला चीनले ती पत्रकारहरुको प्रेस अनुमति रद्द गर्दै देश छाड्न भनेको छ। यसलाई अमेरिकाप्रति चीनको भयङ्कर प्रतिशोधको रुपमा लिइएको  हङकङबाट सन्चालित साउथ चाइना मोर्निङ पोष्टको अनलाइन संस्करणले उल्लेख गरेको छ।

यसअघि पनि चीनले वाल स्ट्रिट जर्नलका पत्रकारहरुलाई देश निकाला गर्ने निर्णय गरेको थियो।
 

प्रकाशित मिति: : 2020-03-19 00:40:24

प्रतिकृया दिनुहोस्