थाइल्याण्डमा एकैदिन ८९ नयाँ कोरोना संक्रमित थपिए

एजेन्सी

काठमाडाै‌ं

थाइल्याण्डमा कोरोना भाइरसका संक्रमितको संख्यामा तीव्र रुपमा वृद्धि भएको छ।

एकैदिन ८९ जनामा कोरोनाका नयाँ संक्रमित थपिएको त्यहाँका अधिकारीहरुले जनाएका छन्।

थाइल्याण्डमा संक्रमितको संख्यामा यति ठूलो वृद्धि भएको पहिलो पटक हो। 

त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएअनुसार थाइल्याण्डमा हालसम्म ४ सय ११ जनामा कोरोना संक्रमण देखिएको छ।

प्रकाशित मिति: : 2020-03-22 02:40:15

प्रतिकृया दिनुहोस्