कोरोना भाइरसकाे स‌ंक्रमणबाट कसरी जोगिने ? १४ प्रश्‍नाेत्तर

देखापढी

काठमाडाै‌ं

कोभिड-१९ को महामारीबाट जोगिन सरकारले क्याम्पस, स्कुल बन्ददेखि लामो दूरीको यातायातमा रोक लगाएको छ। यो संक्रमण फैलिन नदिन जनताको तहबाट पनि त्यत्तिकै सचेतना अपनाउन जरुरी छ। संक्रमित एकजना व्यक्तिबाट पनि सयौं मानिसहरूमा भाइरस फैलिने खतरा भएकाले हरेकले व्यक्तिगतरूपमा सचेतना अपनाउन जरुरी छ। तर, त्रसित हुन भने जरुरी छैन। हुन त कोभिड-१९ को महामारी फैलिएपछि धेरैलाई यसबारे जिज्ञासा जागेको हुन सक्छ। कोरोना भाइरस, कोभिड-१९ र यसबाट बच्ने उपायबारे विश्व स्वास्थ्य संगठन र चीनको ‘वीडक्टर डिजिटल जनरल हस्पिटल’ले तयार पारेको सामग्रीको आधारमा यो प्रश्नोत्तर तयार गरिएको छ।

कोरोना भाइरस के हो ?

कोरोना भाइरस प्रकृतिमा पाइने भाइरसमध्ये एक हो। कुन न्युक्लिक एसिडबाट बनेको छ भन्ने आधारमा भाइरसलाई दुई भागमा बाँडिन्छ- डिएनए र आरएनए। कोरोना भाइरस आरएनए भाइरस हो अर्थात् यो राइबोन्युक्लिक एसिडबाट बनेको हुन्छ। इलेक्ट्रोनिक माइक्रोस्कोपमा हेर्दा ताजजस्तो (क्राउन) देखिने भएकाले यसलाई कोरोना भाइरस नाम दिइएको हो। यो भाइरसले मेरुदण्ड भएका जीवलाई मात्र संक्रमण गर्छ। यो मानिस र अन्य जनावरका थुप्रै रोगको कारक हो। यसले मानिस र जनावरहरूको श्वास नली, आन्द्रा र स्नायु प्रणालीमा असर पुर्‍याउन सक्छ। नबिर्सौं, कोरोना भाइरसका विभिन्न प्रकार हुन्छन्।

कोरोना भाइरसको भौतिक र रासायनिक विशेषता के हुन् ?

यी भाइरस ताप अगाडि संवेदनशील हुन्छन्। ५६ डिग्री सेल्सियसको तापक्रममा ३० मिनेटसम्म तताउँदा यी निस्क्रिय हुन्छन्। त्यस्तै ७५ प्रतिशत इथानोल (जुन स्यानिटाइजरमा हुन्छ) ले पनि निस्क्रिय बनाउन सकिन्छ।

मानिसलाई संक्रमण गर्ने कोरोना भाइरसहरू के–के हुन् ?

अहिले नोबल कोरोना भाइरस पत्ता लाग्नुभन्दा पहिला ६ प्रकारका कोरोना भाइरस पत्ता लागेका थिए जसले मानिसलाई संक्रमित बनाउँथे। तीन हुन्- HCoV-229E, HCoV-OC43, SARS-CoV, HCoV-NL63, HCoV-HKU1 / MERS-CoV। यीमध्ये चारवटा मानिसको शरीरमा पाइन्थे तर, तिनले रुघा र सामान्य श्वासप्रश्वास समस्या बाहेक अन्य जटिल रोग लगाउँदैनथे। अरू दुईवटा भने सार्स (सिभर एक्युट रेस्पिरटरी सिन्ड्रोम) कोरोना भाइरस र मर्स (मिडल इस्ट रेस्पिरटरी सिन्ड्रोम) कोरोना भाइरस हुन्। यिनले भने महामारी नै निम्त्याएका थिए।

प्रकाशित मिति: : 2020-03-23 05:57:13

प्रतिकृया दिनुहोस्