कोरोना कारण स्पेनमा एकै दिनमा ७३८ जनाको मृत्यु

एजेन्सी

काठमाडाै‌ं

कोरोना भाइरसका कारण स्पेनमा एकै दिनमा ७३८ जनाको मृत्यु भएको छ।

स्पेनको स्वास्थ्य मन्त्रालयले हालसम्म ३ हजार ४३४ जनाको मृत्यु भएको पुष्टि गरेको छ। यो हालसम्मकै उच्च दर हो। स्पेनको राजधानी मड्रिडमा मात्र १ हजार ८२५ जनाले ज्यान गुमाइसकेका छन्। 

मड्रिडमा १ हजार ४५९७ जनालाई कोरोनाको संक्रमण देखिएको छ। स्वास्थ्य मन्त्रालयको रिपोर्ट अनुसार पछिल्लो २४ घण्टामा स्पेनमा ७ हजार ९३७ जना नयाँ संक्रमितहरु भेटिएका छन्। जुन हिजोको तुलनामा २० प्रतिशतले बढी हो।

पर्यटकीय शहर बार्सिलोना समेत रहेको कातोलोनिया क्षेत्रमा नौ हजार ९३७ जना संक्रमित भेटिएका छन्। कोरोनाकाको कारण यहाँ हालसम्म ५१६ जनाको मृत्यु भएको छ।

स्पेन चीनभन्दा पनि अघि पुगेको छ। चीनमा तीन हजार २८७ जनाको मृत्यु भएको छ। तर अर्को युरोपेली मुलुक इटालीमा ६ हजार ८२० जनाको मृत्यु भएको छ।

हालसम्म मुलुकभर ४७ हजार ६१० जनालाई कोराना संक्रमणको पुष्टि भएको मन्त्रालयले जनाएको छ। तीन हजार १६६ जनाको आईसीयूमा उपाचार भइरहेको छ भने तीन हजार ७९४ जना अस्पतालबाट डिस्चार्ज भएका छन्।

प्रकाशित मिति: : 2020-03-26 07:14:14

प्रतिकृया दिनुहोस्