कोरोना अपडेट : ५ लाख ३ हजार संक्रमितमध्ये १ लाख २१ हजारभन्दा बढीमा उपचार सफल

चीनको वुहानबाट विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरसको संक्रमण ५ लाख भन्दा बढी मानिसमा भइसकेको छ।

यसमध्ये १ लाख २१ हजारभन्दा बढीको सफल उपचार भइसकेको छ।

विभिन्न तथ्यांक उपलब्ध गराउने अमेरिकी अध्ययन संस्थाको वेबसाइट वल्डोमिटरका अनुसार हालसम्म १ लाख २१ हजार २२७ जना मानिसमा भएको उपचार सफल भएको हो।

उनीहरू संक्रमणमुक्त भएको तथ्यांक वर्ल्डोमिटरले उल्लेख गरेको छ। यो नेपाली समयअनुसार बिहीबार राति साढे १० बजेसम्मको तथ्यांक हो।

कोरोना भाइरसका कारण सबैभन्दा बढी संक्रमित भएको चीनमा ८१२८५ मध्ये ७४ हजार भन्दा बढी मानिस निको भएका छन्। यस्तै ३२८७ जनाको ज्यान गएको छ।

यस्तै ७५ हजार अमेरिकीमध्ये १८६३ जना निको हुँदा इटालीमा यो भाइरस संक्रमित भएका ७४३८६ मध्ये ९ हजार ३ सय ६२ निको भएका छन्।

स्पेनमा ५६ हजार संक्रमितमध्ये ७ हजार १५ जनामा उपचार सफल भएको छ। यसैगरी, जर्मनीमा ५ हजार ८ सय ६९ जनामा उपचार सफल भएको छ। उता इरानमा भने १० हजार ४ सयभन्दा बढी निको भएका छन्।

फ्रान्समा भने ३ हजार ९ सय कोरोना भाइरस भए पनि उपचार सफल भएको छ।

नेपालमा हालसम्म ३ जनामा कोरोना संक्रमण पोजेटिभ भएको पुष्टि भएको छ भने एक जनामा उपचार सफल भएको छ। २ जनाले आइसोलेसनमा उपचार गराइरहेका छन्।

छिमेकी मुलुक भारतमा संक्रमित ७१९ मध्ये १६ जनाको ज्यान गए पनि ४५ जनाको सफल उपचार भएको छ।

प्रकाशित मिति: : 2020-03-27 11:09:10

प्रतिकृया दिनुहोस्