वीरगञ्ज महानगरले सुरु गर्‍याे आर्थिक सहयोग अभियान

वीरगञ्ज महानगरपालिकाले दैनिक ज्यालादारी गरी परिवार चलाउने परिवारलाई आर्थिक अवस्था कमजाेर भएका व्यक्तिहरुलाई आर्थिक सहयोगको अभियान सुरु गरेको छ।

महानगरपालिकाका प्रमुख विजयकुमार सरावगीले घरमै पुगेर दैनिक उपभोग्य सामग्री वितरण अभियान सुरु गरेका हुन्। 

कोरोना भाइरसको संक्रमणको गम्भिरतालाई हेर्दै सरकारले लगाएको लकडाउनको कारण दैनिकी बिताउन कठिन भएपछि खाद्यय सामग्री प्रदान गर्ने अभियान सुरु गरिएको उनले बताए। 

‘रिक्सा चालक, ठेलाचालक,दैनिक ज्यालादारी गरि कमाउने लगयात निम्न वर्गका व्यक्तिहरुलाई खाद्यान्न बस्तु बितरण अभियान सुरु गरेका छौं,’उनले भने। 

शनिबार बिहान वडा नम्बर ३ र वडा नम्बर १२ मा पुगेर २ सय ५० व्यक्तिहरुलाई खाद्यय सामग्री बितरण गरेको बिएल नेपाली सेवालाई उनले जानकारी दिए। ‘चामल ,दाल,नुन आलु,चाउचाउ,बिस्कुट लगायतका सामग्रीहरुको पकेट बनाएर नै बितरण गरेका छौं,’ मेयर सरावगीले भने।

महानगरपालिकाका ३२ वटै वडामा अभियान चलाउने उनले बताए। पहिलो चरणमा खाद्यय सामग्रीहरुको १० हजार ५०० प्याकेट तयार गरेर बितरण अभियान सुरु गरिएको र आवश्यकता अनुसार त्यसलाई निरन्तरता दिँदै जाने नगर प्रमुख सरावगीको भनाइ छ।

प्रकाशित मिति: : 2020-03-29 06:42:09

प्रतिकृया दिनुहोस्