कोरोना महामारीको चिन्ताले जर्मनीका मन्त्रीले आत्महत्या गरे

एजेन्सी

काठमाडाै‌ं

 जर्मनीको हेसे राज्यका अर्थमनत्री थोमस स्याफरले शनिबार आत्महत्या गरेका छन्। कोरोना भाइरसको महामारीबाट उत्पन्न आर्थिक संकटका कारण उनले आत्महत्या गरेका हुन्।

कोरोनाबाट अति प्रभावित देशमध्ये जर्मनी पनि एक हो। 

स्थानीय मिडियाका अनुसार कोरोना महामारीबाट उत्पन्न अवस्थाप्रति उनी केही दिनदेखि नै चिन्तित थिए। अन्तर्राष्ट्रिय मिडियाले जनाए अनुसार उनको शव रेलको लिकमा भेटिएको थियो। फ्र्यांकफर्ट र मान्जबीच पर्ने होचेमको रेलको लिकमा उनको शव भेटिएको बताइएको छ। 

उनले रेलको लिकमै गएर आत्महत्या गरेको स्थानीय मिडियाले उल्लेख गरेका छन्। सरकारी अधिकारीहरुका अनुसार उनले सुसाइट नोट समेत लेखेका थिए।

१० वर्षदेखि अर्थमन्त्रीको भुमिका रहेका उनी जर्मन चान्सलर एन्जेला मर्केलको पार्टीमा आवद्ध थिए। कोरोनाका कारण जर्मनीमा ६२ हजार ४ सय ३५ संक्रमित हुनुका साथै ५ सय ४१ जनाको मृत्यु भइसकेको छ। 

प्रकाशित मिति: : 2020-03-30 10:52:14

प्रतिकृया दिनुहोस्