स्विट्जरल्याण्डमा अफ्ठेराे परेकालाई सघाउन एनआरएनए कस्सियो

गैर आवासीय नेपाली संघ स्विट्जरल्याण्डले कोरोनाविरुद्धको लडाईंमा एनआरएनए केन्द्रीय समितिले आव्हान गरेको एक करोड सहयोग परियोजनामा सघाउ पुर्‍याउने
भएको छ । मार्च २९ मा अध्यक्ष शिवकुमार सुब्बाको अध्यक्षता र आइसीसी सदस्य भूमिराज गुरुङको आतिथ्यमा सम्पन्न भर्चुअल बैठकमा स्विट्जरल्याण्डबाट एक लाख १५ हजार रुपैयाँ सहयोग गर्ने निर्णय गरिएको हो । 

स‌ंघको स्विस शाखाले गर्ने सहयोगमा अध्यक्ष शिव सुब्बाले एकसय पचास र आइसीसी भूमिराज गुरुङले ३ सय स्विस फ्र्याँक अलग्गै थपिदिने बताएका छन्।

यस्तै, कोरोना संक्रमणको कारण कुनै अप्ठेराे भएमा आवश्यक सूचना र सहयोग गर्न एनआरएनएले स्विसका विभिन्न शहरमा सम्पर्क व्यक्ति तोकेको छ । लगभग 
एकहजार जनाको संख्यामा स्विट्जरल्याण्डमा रहेका नेपालीलाई तत्कालै कुनै अप्ठेरो नपरेको र दूतावासले पनि हालसम्म कुनै गुनासा नआएको बताएकाे छ।

काेरोनाको प्रकोपबाट बाच्न सकेसम्म साबधानी अपनाउँदै कुनै अप्ठेरो परेको खण्डमा सम्पर्क गर्न स्विसका विभिन्न क्षेत्रमा जिम्मेवारी तोकिएको महासचिव कृष्ण प्रसाद शिवाकोटीले प्रेस वक्तव्य जारी गरेका छन्। 

अध्यक्ष– शिव सुब्बा 0799451255
उपाध्यक्ष– शुभ एल्मर लामा 0798327577
महासचिव– कृष्ण प्रसाद शिवाकोटी 0763398700
प्रवक्ता– लक्ष्मण देवकोटा 0779208877
आइसीसी– भूमिराज गुरुङ 0764275443

स्विट्जरल्याण्डमा कोरोनाको कारण तीनसयले ज्यान गुमाइसकेका छन् भने १५ हजारभन्दा बढी संक्रमित छन् । एक नेपाली ज्यूरिचमा संक्रमित भएको र उनको 
उपचारपछि निको भएको जनाइएको छ।

याे पनि:

स्विस ब्यापारी कोरोनाविरुद्ध लड्न चाहिने सामग्री किन्न चीन उडेँ

कठिन समय राज्य किन चाहिन्छ?

नेपालका धनाढ्यहरू कोरोनाविरुद्ध ज्याक मा र विल गेट्सजस्तो जिम्मेवार भएनन् : पशुपतिशमशेर जबरा (अडियाे अन्तर्वार्ता)

नेपाली बृद्धबृद्धालाई काेराेनाबाट जाेगाउन बेल्जियम माेडल अपनाउने कि?

वीरगञ्जमा भारतीय नागरिक राेकिए, दशगजा तनावग्रस्त [भिडियाे]

 

प्रकाशित मिति: : 2020-03-31 06:35:02

प्रतिकृया दिनुहोस्