भक्तपुर नगरपालिकामा अब ‘एक घर, एक पास’

निरज बाडे

भक्तपुर

भक्तपुर नगरपालिकाले ‘एक घर, एक पास’को नीति ल्याएको छ। कोरोना भाइरसको संक्रमण फैलिन नदिन घोषणा गरिएको लकडाउन भएपछि बिहानीपख मर्निङ वाक र पूजापाठ गर्न तथा साँझ तरकारी किन्ने नाममा मानिसहरु ठूलो संख्या घरबाहिर निस्कन थालेपछि पासको ब्यवस्था गरेको हो।

वडा नम्बर ९ का वडाध्यक्ष रवीन्द्र ज्याख्वकाअनुसार मंगलबार र बुधबार गरेर हरेक घरलाई अत्यावश्यक कामका लागि एउटा-एउटा पास दिइएको छ।

‘हामीले दिएको पासअनुसार एकै पटक घरको एकभन्दा बढी सदस्यलाई बाहिर जान दिइने छैन। बाहिर जानको लागि अनिवार्य पास देखाउनै पर्छ। यदि घर बाहिर निस्कनुपर्‍यो भने आलोपालो गरेर त्यही पास प्रयोग गर्नुपर्छ’,उनले भने।

उनकाअनुसार तरकारी किन्न जाँदा होस् कि अस्पताल जाँदा होस्, यो पास अनिवार्य गरिएको छ। ‘नगरपालिकाका कर्मचारी, प्रहरी जसले पनि यो पास चेकजाँच गर्न सक्छन्’ उनले भने, ‘यदि कसैसँग छैन वा एक जनाभन्दा बढी हुनुहुनछ भने घर फर्काउँछौं।’

प्रकाशित मिति: : 2020-04-01 17:06:45

प्रतिकृया दिनुहोस्