कोरोनाबाट मर्नेको सम्झनामा चीनमा तीन मिनेट मौन धारण, आधा झन्डा झुकाइयो

चीनले विश्वव्यापी महामारीको रूप लिइसकेको कोरोना भाइरसबाट मर्ने आफ्नो देशका नागरिकहरूको सम्झनामा शनिबार तीन मिनेटको मौन धारण कार्यक्रमको आयोजना गरेको छ। ‘शाेककाे विलाप’ नामाकरण गरिएकाे श्रद्धाञ्जली सभामा चिनियाँ राष्ट्रपति सि चिनफिङलगायत माथिल्लो तहका नेताहरू सहभागी थिए। सबैले कालो सुट पहिरिएका थिए। र, झण्डा आधा झुकाइएको थियो।

चीनको उहान शहरबाट फैलिएको कोरोना भाइरसका कारण ७० हजारभन्दा बढीको निधन भइसकेको छ भने १० लाख बढी संक्रमित बनेका छन्। 
कोरोनाको संक्रमण पहिलो पल्ट उहान शहरमा डिसेम्बरमा देखिएको थियो। यो तीन महिनाको अवधिमा २ सय ५ राष्ट्रमा कोरोनाको संक्रमण फैलिसकेको छ। 

उहानमा ज्यान गुमाएका चिनियाँहरुको सम्झनामा टाउको निहुर्याएर मौन हुँदै सबैले सम्मान गरेका थिए। श्रद्धाञ्जली सभा बिहान १० बजेबाट सुरु भएको थियो। सभा चीनको सबै महत्वपूर्ण शहरमा भएको थियो। यस क्रममा मनोरञ्जनको सबै कार्यक्रम रद्ध गरिएको थियो। 

चीनमा कोरोनाको ८० हजारभन्दा बढी संक्रमित फेला परेका छन्, जसमा ३३ सयले ज्यान गुमाएका छन्। कोरोना भाइरस नियन्त्रणका लागि चीनमा ३ हजार स्वास्थ्यकर्मी मैदानमा उत्रिएका थिए, जसमा १४ जनाको ज्यान गएको थियो। 

उहानलाई जनवरी २३ मा लकडाउन गरिएको थियो। अहिले यहाँको अवस्था सामान्य हुँदै गइरहेको बताइएको छ। 

प्रकाशित मिति: : 2020-04-05 00:36:51

प्रतिकृया दिनुहोस्