बेलायती प्रधानमन्त्रीकी गर्भवती प्रेमिकालाई पनि काेराेना संक्रमण

बेलायती प्रधानमन्त्री बोरिस जोन्सन ‘बोजो’ कि गर्भवती प्रेमिका क्यारी साइमण्डलाई पनि कोरोना भाइरसको संक्रमण देखिएको छ। 

शनिबार उनले यसको पुष्टी गर्दै आफूलाई पनि कोरोना संक्रमण भएको जानकारी दिइन। बोजो पहिले नै संक्रमित भएर ‘सेल्फ आइसोलेसन’ मा छन्। परिवारसँग बेलायती प्रधानमन्त्रीले दूरी बनाए पनि ३२ वर्षीय प्रेमिकामा संक्रमण देखिएपछि पुरै परिवार यति बेला तनावमा छ। 

साइमण्ड उच्च जोखिममा छिन् भने आफू गत सातादेखि ओछ्यानमा परेको उनले बताएकी छिन्। 

कोरोनाको संक्रमण देखिएपछि बोजो गत शुक्रबारदेखि आइसोलेसनमा छन्। ‘गर्भवती भएको बेला कोभिड–१९ देखिनु वास्तवमै डराउने घटना हो,’ उनले भनिन्, ‘एक साता विश्राम गरेपछि मैले आफूलाई केही बलियो भएको महसुस गरिरहेकी छु।’

प्रकाशित मिति: : 2020-04-05 07:36:23

प्रतिकृया दिनुहोस्