मेसीको बिमान पनि १० नम्बर

विश्व चर्चित फुटबल स्टार लिओनल मेसीले १ करोड २० लाखको आफ्नो नीजि बिमानमा पनि १० नम्बर राखेका छन्। बिमान कम्पनीले पनि मेसी र उनको परिवारका लागि विशेष रूपले निर्माण गरेको छ। बिमानभित्र भान्छा कोठाका साथै दुईवटा बाथरुम र १६ जना अट्ने सिट विशेष रूपमा तयार पारिएको छ। सिट सुविधासम्पन्न भएको र १६ लाई फोल्ड गरेर ८ वटा बनाउन मिल्ने बताइएको छ। 

बिमानकाे उक्लिने सिडीमा मेसी र उनको परिवार श्रीमती आन्टोनेला, केटाकेटी थियागो, कायरो र माटिओको नाम राखिएको छ। बिमानको पुछारमा १० नम्बर लेखिएको छ। 

बार्सिलोनाका सुपरस्टार अर्जेन्टिनी स्ट्राइकरले कोरोना भाइरसका कारण ला लिगा प्रभावित हुनुअघि ३१ खेलमा २४ गोल गरिसकेका छन्। हाल उनी लकडाउनको अवस्थामा स्पेनको बार्सिलोनास्थित आफ्नो परिवारसँग रमाइलो गरेर दिन बिताइरहेका छन्। 
 

प्रकाशित मिति: : 2020-04-05 08:06:46

प्रतिकृया दिनुहोस्