जोखिममा ज्येष्ठ नागरिक, तर तिनैले गर्दैनन् लकडाउन पालना (भिडिओसहित)

देखापढी

काठमाडौँ

 अनिता भेट्‌वाल

उमेर कति पुग्यो आफैंलाई थाहा छैन। तर, यत्ति थाहा छ पशुपतिमा आरती सुन्न जान थालेको ३० वर्षभन्दा बढी भयो। त्यो क्रम लकडाउनको बेलामा पनि रोकिएको छैन। अन्दाज गर्दा ७० पुग्न आँटेका शोभासिंह तामाङ ‘साइँला’ लकडाउनको १२औं दिनमा पनि पशुपतिमा आरती सुन्न हिँडेका भेटिए।

उनको निम्ति पशुपति काठमाडौंको सबैभन्दा प्रिय ठाउँ हो। त्यसो त उनलाई दुई छोरा र एक छोरीले कोरोना भाइरस संक्रमण हुन्छ, बाहिर नहिँड्नुस् नभनेका होइनन्। तर, घाम डुब्यो कि उनका पाइला सक्सकाइहाल्छन्। चाबहिल घरबाट पशुपतितिर लम्किहाल्छन्। ढुक्कैसँग भन्छन्, “पशुपति रहुन्जेल हामी नेपालीलाई केही हुन्न।”

प्रकाशित मिति: : 2020-04-06 07:50:49

प्रतिकृया दिनुहोस्