कोरोना पुष्टी भएपछि फ्रेन्च क्लबका डाक्टरद्वारा आत्महत्या

एजेन्सी

फ्रान्स

फ्रेन्च लिग क्लब रेम्समा लामो समयदेखि कार्यरत डाक्टर बर्नार्ड गोन्जालेजले कोरोना भाइरस संक्रमण पुष्टी भएपछि आत्महत्या गरेका छन्। 

६० वर्षीय गोन्जालेज २० वर्षदेखि क्लबमा आवद्ध थिए। उनको आत्महत्याको पुष्टी गर्दै क्लबले विज्ञप्ती सार्वजनिक गरेको छ, ‘कल्पनै गर्न नसकिने विषय। रेम्स बर्नार्डको निधनप्रति दुःख व्यक्त गर्छ।’ रेम्स शहरका मेयर आर्नोड रोबिनेटले गोन्जालेजको आत्महत्याको विषय जानकारीमा आएको बताउँदै भने, ‘मेरो जानकारीमा आएअनुसार उनले कोभिड–१९ को संक्रमण भएको मृत्युपत्र छोडेर गएका छन्।’

फ्रान्सका चिकित्सकले विभिन्न समाचार एजेन्सीलाई दिएको जानकारीमा उनले पत्र छोडेका छन्। ‘म स्तब्ध छु। उनी लामो समयदेखि साथी थिए,’ मेयर रोबिनेटले बताए। भलाद्मीपनाका कारण रेम्समा डाक्टर बर्नार्डलाई धेरैले चिन्ने गर्थे।

रेम्स फ्रान्सकाे सफल व्यवसायिक क्लब मानिन्छ। सन् १९३१ मा गठन भएकाे याे क्लबले ६ पल्ट उपाधि जितिसकेकाे छ। क्लबले सन् १९५६ र ५९ मा गरी दुई पल्ट युराेपियन कपकाे फाइनलमा स्थान बनाएकाे थियाे। याे क्लबबाट राेजर मार्चे, रेमाेण्ड काेपा, जस्ट फाउन्टिनऽ जेन भिन्सेन्ट र राेजर पियान्टाेनी जस्ता हस्तीले प्रतिनिधित्व गरिसकेका छन्।

 

प्रकाशित मिति: : 2020-04-06 11:03:41

प्रतिकृया दिनुहोस्