पूजा शर्माले प्राविधिकलाई २ लाख सहयोग गर्ने

कोरोना संक्रमणका कारण नेपालमा लकडाउनको घोषणा गरिएको छ। 

यसले, मजदुरहरुलाई दैनिक काम गरेर घरवार चलाउने समस्यामा परेका छन्। बलिउडमा पनि त्यस्ता कैयौ मजदुर छन्, जो दैनिक काम गरेर दैनिकी टार्ने गर्छन्।

यसैले, अहिले बलिउडकर्मीहरुले ती मजदुरका लागि पनि राहत घोषणा गर्न थालेका छन्। यसकै सिको गर्दै नेपाली कलाकारले पनि सहयोग बाढ्न थालेका छन्। 

यो पंक्तिमा नायिका पूजा शर्मा रहेकी छिन्। लकडाउनको समय अवधी बढदै गएको भन्दै उनले नेपाली चलचित्रमा प्राविधिकहरुलाई सहयोग गरेका छन्।

पूजाले प्राविधिकहरुलाई २ लाख बराबरको खाद्यान्न सहयोग गर्ने बताएकी छिन्। सामाजिक संजालमा स्टाटस कोर्दै उनले यो बिषय परिस्थितीमा एकले अर्काको सहयोग गर्न आवश्यक रहेको बताइन् ।

उनले खाद्यान्न किनेर प्राविधिक संघको मार्फत समस्यामा परेका प्राविधिकहरुलाई सहयोग गर्नेछिन् । उनले कोरोना संक्रमण बच्नका लागि घरमै रहन सबैलाई आग्रह पनि गरेकी छिन् ।

यसअघि नायक पल शाहले पनि कोरोना प्रभावित प्राविधिकहरुलाई सहयोग गर्ने घोषणा गरेका थिए। 

पलले आफ्नो व्यक्तिगत तर्फबाट पाँच लाख सहयोगको घोषणा गरेका छन्। पलले आर्थिक अवस्था कमजोर भएको र चलचित्र क्षेत्रमा सकृय हरेकको साथमा आफू भएको र केही अफ्ट्यारो परे सहयोग गर्न तयार भएको उल्लेख गरेका छन्।

याे पनि

नायक पल शाहले दिए प्राविधिकलाई ५ लाख

कोरोनाविरुद्धको राहत कोषमा वर्षाको एक लाख सहयोग

कोरोना महामारीविरुद्धको कोषलाई पंगेनीले दिए ५० हजार

प्रकाशित मिति: : 2020-04-06 13:09:50

प्रतिकृया दिनुहोस्