फुटबलर रोनाल्डिन्हो जेलबाट रिहा तर दाजुभाइ नजरबन्दमै

एजेन्सी

काठमाडाै‌ं

 ब्राजिलियन फुटबलर रोनाल्डिन्हो जेलमुक्त भएका छन्। पाराग्वेको अदालतले उनलाई जेलबाट रिहा गरेपनि नजरबन्दमा राख्न आदेश दिएको छ।

रोनाल्डिन्होसँगै उनका भाइ रोबर्टोलाई पनि एक होटलमा नजरबन्दमा राख्न आदेश दिइएको छ। न्यायाधीश गुस्ताभो अमारिल्लोले मंगलबार पत्रकारहरुसँग यसको जानकारी गराएका हुन् ।

रोनाल्डिन्हो नक्कली पासपोर्ट बनाएर पाराग्वे प्रवेश गरेको अभियोगमा आफ्ना भाइसँगै एक महिनाअघि जेल परेका थिए । त्यसपछि उनीहरुलाई ६ महिनाको जेल सजाय सुनाईएको थियो तर उनीहरु ३२ दिनपछि जेलमुक्त भएका हुन् ।

रोनाल्डिन्हो र उनका दाजु पाराग्वेको एक क्यासिनो मालिक नेल्सन बेलोट्टीको निमन्त्रणामा त्यहाँ पुगेका थिए । उनीहरुसँग नक्कली कागजात भेटिएपछि होटलबाट उनीहरु पक्राउ परेका थिए ।

वकिलहरुले उनीहरुलाई १० लाख ६० हजार जरिवाना पनि माग गरेका छन् । ब्राजिलियन फुटबलर रोनाल्डिन्हो कुशल खेलाडीको रुपमा विश्वभर लोकप्रिय छन् ।

रोनाल्डिन्होसँग अहिले आफ्नै देश ब्राजिलको पासपोर्टसमेत छैन । सन् २०१८ मा एक जरिवानापछि उनको पासपोर्ट खोसिएको थियो ।

दुईपटक फिफा प्लेअर अफ दी इअर र एकपटक बालोन डे ओर अवार्ड जितेका रोनाल्डिन्होले सन् २००२ मा ब्राजिलबाट फिफा विश्वकपसमेत जितेका थिए । उनले बार्सिलोना, पीएसजी, एसी मिलानलगायत क्लबबाट फुटबल खेलेका थिए ।

प्रकाशित मिति: : 2020-04-08 11:37:39

प्रतिकृया दिनुहोस्