लकडाउनका हिरोहरू जो घरमै बसे अर्को महामारी फैलिन्छ (भिडिओसहित)

देखापढी

काठमाडौँ

 कृष्णसिंह धामी

सिंगो शहर नजाग्दै मैचा देउलाको बिहान शुरू भइसकेको हुन्छ। पाँच बजे बिहान त उनी काममा हिँडिसकेकी हुन्छिन्।

जाडो होस् वा गर्मी, उनको ‘रूटिन’ यही हो। 

लकडाउन भनेर भयो र ? उनको काम रोकिएको छैन। एक दिन मात्र उनी लकडाउनमा बसिन् भने काठमाडौं दुर्गन्धित भइसक्छ। 

पाँच बजे उनी बसन्तपुर दरबार क्षेत्र आसपास पुगिसक्छिन्। यो क्षेत्र सफा गर्ने जिम्मेवारी उनकै हो। सरसफाइ सकिसक्दा आठ बजिसकेको हुन्छ। 

लकडाउनका कारण अचेल उनलाई केही सहज भएको छ। लकडाउनका कारण मानिसहरूले जथाभावी फोहोर फाल्न पाएका छैनन्। उनलाई सडक बढार्न सजिलो भएको छ। तर, उनलाई लकडाउनको भन्दा पनि काठमाडौंको फोहोरको चिन्ता हुन्छ। कसरी चाँडो सफा गर्ने भन्नेमै उनी लागिपर्छिन्। 

“बिहान मानिसहरूको आवतजावत हुँदैन। त्यही बेला सफा गरेर चिटिक्क पार्नतिर लाग्छौँ”, देउला भन्छिन्। 

प्रकाशित मिति: : 2020-04-11 07:50:50

प्रतिकृया दिनुहोस्