वीरगञ्ज छिरेका तीन भारतीय नागरिकमा देखियाे कोरोना पाेजेटिभ

बिएल संवाददाता

काठमाडाै‌ं

वीरगञ्जमा आएर बसेका तीन जना भारतीयमा कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका एक अधिकारीका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा उनीहरुको नमुना परीक्षण गर्दा कोरोना संक्रमण पोजेटिभ देखिएको हो ।

वीरगञ्ज २ छपकैयाको एक मस्जिदमा बसिरहेका २४ जना भारतीयको समूहबारे स्थानीयवासीले खबर गरेपछि प्रशासनले उनीहरूलाई नियन्त्रणमा लिएर अस्पतालकाे जिम्मा लगाएकाे थियाे। नारायणी उपक्षेत्रीय अस्पतालका चिकित्सकको टोलीले उनीहरुकाे स्वाब निकालेर गत बिहीबार परीक्षणका लागि हेटौंडास्थित किटजन्य रोग अनुसन्धान तालिम केन्द्रमा पठाइएको थियो।

जसमध्ये तीन जनाको प्रारम्भिक रिपोर्ट मिश्रित खालको आएको र पुनः परीक्षणका लागि टेकु पठाइएको हेटौंडास्थित प्रयोगशालाका प्रमुख नारायण कार्कीले बिएल नेपाली सेवालाई जानकारी दिए।

उनका अनुसार हेटौंडाबाट थप परीक्षणका लागि काठमाडौं पठाइएको थियो । ‘तीन जनाको स्वाब परीक्षण गर्दा रिर्पोट नेगेटिभ स्तरभन्दा माथि पाइएपछि कन्र्फमेसनको लागि काठमाडौं पठाएका थियौं,’ निर्देशक कार्कीले भने,’ रिपोर्ट पोजेटिभभयो भनेर शतप्रतिशत नतिजा उताबाटै आउने हो।’

नारायणी उपक्षेत्रीय अस्पतालका चिकित्सकका अनुसार ती भारतीयहरूले आफू चार महिनादेखि नेपालमै बसिरहेको बताएका छन्। 

यता स्रोतका अनुसार पुष्टि भएकामध्ये २ जना उत्तरप्रदेश र एक जना दिल्लीमा बस्दै आएका थिए। उनीहरु १३ दिनदेखि वीरगञ्ज–२ छपकैयास्थित जामे मस्जिदमा आएको स्थानीयले बताएका छन् ।

योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या १२ पुगेको छ।  जसमध्ये एकजना निको भएर घर फर्किसकेका छन भने दुईजना काठमाडौं, दुईजना बागलुङ र एकजना धनगढीमा उपचाररत छन्।

याे पनि
प्रकाशित मिति: : 2020-04-12 09:32:47

प्रतिकृया दिनुहोस्