अनलाइन अर्डर लिँदै सरकारी कम्पनी, घरघर पुर्‍याउँदैछ खाद्यान्न

देखापढी

काठमाडौं

 निकेश खत्री    

कोभिड-१९ का संक्रमितहरू बढ्दै गएपछि सरकारले लकडाउनको अवधि लम्बाएको छ। लकडाउनका कारण ११ चैतदेखि अत्यावश्यकबाहेक सबै क्षेत्र बन्द भएका छन्।

खाद्यान्न, तरकारी पसल, केही पेट्रोल पम्प, हस्पिटललगायत अत्यावश्यक सेवाका केही क्षेत्रबाहेक अन्य सबै क्षेत्र बन्द गरिएको छ। तर, खाद्यान्न, तरकारी तथा पैसाबाट पनि संक्रमण फैलिन सक्ने चेतावनी विश्व स्वास्थ संगठनले दिएको छ।

यस्तो अवस्थामा इन्टरनेटमार्फत् व्यवसाय सञ्चालन गर्दै आएका कम्पनीहरू विकल्पको रूपमा उदाइरहेका छन्। अनलाइनबाट अर्डर लिने र घरसम्मै सामग्री पुर्‍याउँदै आएका कम्पनीहरूको व्यापार दिनदिनै बढ्दै गइरहेको छ।

लकडाउनको समयमा किनमेलका लागि घरबाहिर निस्कन पनि जोखिम हुने समस्यालाई मध्यनजर गर्दै सरकारले पनि अनलाइन सपिङ कम्पनी सञ्चालनमा ल्याएको छ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमातहतको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले आफ्नै ई-कमर्स व्यवसाय सञ्चालन गरेको छ।

प्रकाशित मिति: : 2020-04-15 07:49:41

प्रतिकृया दिनुहोस्