देश जोगाउन उदयपुरमा केन्द्रित होऊ

देखापढी

काठमाडौँ

 रामेश्वर बोहरा

एकैदिन ११ जनामा नोबल कोरोना भाइरस संक्रमणको पुष्टि भएसँगै उदयपुरको त्रियुगा नगरपालिका वडा नम्बर ३, भुल्के बस्तीमा कोभिड–१९ का बिरामीको संख्या २४ पुगेको छ। ५ वैशाखमा ११ जना भारतीय नागरिकसहित जम्मा १२ जनामा कोरोना संक्रमण विस्फोटको रूपमा देखापरेपछि उदयपुर एकैपटक ‘रेड जोन’मा पुगेको थियो। त्यसको अर्को दिन थप एक जनामा संक्रमण पुष्टि भएकोमा ९ वैशाखमा एकैपटक ११ जनामा संक्रमण भएको पुष्टि भएसँगै उदयपुरको यो बस्ती अब सबैभन्दा जोखिम स्थल बन्न पुगेको छ। 

उदयपुरको त्रियुगा नगरपालिका क्षेत्र सबैभन्दा ठूलो जोखिमस्थल बन्नुको कारण संख्यात्मक वृद्धि मात्र होइन। यसले बाहिरबाट आएकामा पहिलो संक्रमण देखिएपनि ९ वैशाखसम्म आइपुग्दा कोभिड–१९ को संक्रमण समुदायस्तरमा पुगेको पुष्टि गरेको छ। जसबाट सिंगो समुदाय नै जोखिममा परेको देखिएको छ। समुदायस्तरमा संक्रमण भएको पुष्टि भएसँगै नेपाल कोभिड–१९ महामारीको तेस्रो चरणमा पुगेको तथ्य देखापरेको छ, स्वास्थ्य मन्त्रालयले औपचारिक रूपमा त्यसो नभनिसके पनि। 

प्रकाशित मिति: : 2020-04-22 20:18:53

प्रतिकृया दिनुहोस्