स्क्रिनमा हेरौं आमाको मुख

देखापढी

काठमाडौं

सुनीता साखकर्मी

 भक्तपुर सुडाल-८ की अञ्जली साखकर्मी (४३) को माइती काभ्रेको तिनपिप्ले हो। हरेक वर्ष आमाको मुख हेर्ने दिन उनी माइतीघर पुग्ने गर्थिन्। बाआमालाई भेट्थिन्। तर यस वर्ष जान पाइनन्।

कोभिड–१९ को संक्रमणको जोखिम बढेसँगै देश लकडाउनमा छ। सरकारले सबैलाई घरमै बस्न अनुरोध गरेको छ। त्यसैले उनी यसवर्ष भिडिओ कल गरेर आमाको मुख हेर्दैछिन्।

“आमालाई भेट्न नपाउँदा खल्लो लागेको छ, तर जोखिम मोलेर के जानु ?” उनी भन्छिन्, “झन् बुढाबुढीलाई चाँडै यो भाइरसले आक्रमण गर्छ भन्ने सुनेकी छु। त्यसैले जोखिम नमोलेकै राम्रो। मोबाइलमा अनुहार हेरेर कुरा गर्न पाइन्छ, त्यही गर्ने हो।”

पाँचखालकी शर्मिला श्रेष्ठ(४५)को माइती सिन्धुपाल्चोकको स्वाराँथोकमा हो। उनलाई आफ्नो नाम मात्रै लेख्न आउँछ। मोबाइलमा फोन गर्न जान्दछिन्।

प्रकाशित मिति: : 2020-04-23 09:37:50

प्रतिकृया दिनुहोस्