हिरासतबाट छुटेपछि भीम उपाध्याय : म होइन, प्रधानमन्त्री सच्चिनुपर्छ

पूर्वकर्मचारी र सरकारको सम्बन्ध पूर्वश्रीमान–पूर्वश्रीमती जस्तै हो

अनलाइनखबर

काठमाडाै‌ं

फेसबुकमा स्टाटस लेखेवापत चार दिन हिरासत बसेर पूर्वसचिव भीम उपाध्याय सोमबार २५ हजार धरौटी तिरेर रिहा भएका छन् । उनीमाथि सामाजिक सञ्जालमा जथामावी लेखेर साइबर कानून उल्लंघन गरेको आरोप छ ।

हिरासतबाट छुटेपछि उपाध्यायले अनलाइनखबरसँग कुरा गर्दै आफ्नो गिरफ्तारी लोकतन्त्रमाथि प्रहार भएको बताए ।

उपाध्यायले प्रधानमन्त्रीको स्वास्थ्य लक्षित टिप्पणीहरुको प्रतिरक्षा गरेका छन् । आफूले सरकारविरुद्ध खबरदारी गरेको र भविश्यमा पनि गरिरहने उनको भनाइ छ ।

रिहा भएपछि उपाध्यायसँग अनलाइनखबरका लागि चिरञ्जीवी पौडलले गरेको वार्तालाप–

फेसबुकमा लेखेका कुराहरुले ४ दिन हिरासतमा बस्नुपर्यो, के छ तपाईंको प्रतिक्रिया ?

यो लोकतन्त्रमाथि आघात हो । तपाईंहरु सबै मिलेर आवाज उठाउनुभएको छ । मिडिया र सोसल मिडियाको आवाजले गर्दा सरकार झुक्यो । हामी यसै गरी जागरुक हुनुपर्छ । ‘फ्रिडम इज नट फ्रि’ भन्छन् । त्यसैले आवाज उठाइरहनुपर्छ ।

तपाईंले लेखेको कुन कुरामा सरकारको बढी आपत्ति रहेछ, के बुझ्नुभयो ?

मैले प्रधानमन्त्रीको आलोचना गरेर एउटा व्यंग्यात्मक स्टास लेखेको थिएँ । प्रधानमन्त्रीले केही दिनअगाडि कोरोना सम्वन्धि बोसीय र फ्याटीय भन्दै भाषण गर्नुभयो । तातोपानीले कुल्ला गर्नुपर्छ, चश्मा लगाउनुपर्छ के–के भन्नुभएको थियो । ती सबै सरासर गलत कुरा भनेको हो । त्यसलाई लिएर मैले अलिकिति व्यंग्यात्मक तरिकाले ‘डाक्टर ओली, भाइरोलोजिस्ट र ….भनिदिएको थिएँ । त्यसलाई उनीहरुले हेपेको जसरी बुझेछन् ।

प्रकाशित मिति: : 2020-04-27 20:09:11

प्रतिकृया दिनुहोस्