पर्यटन बोर्डले गर्‍यो घरमै बसेर १० हजार जित्न सकिने गरी फोटो प्रतियोगिता

लकडाउनमा घर बसाइँको समयलाई सिर्जनात्मक बनाउँदै आफ्नो ठाउँलाई प्रचार गर्ने उद्देश्यका साथ नेपाल पर्यटन बोर्डले झ्यालबाट देखिने सुन्दर दृश्यको फोटो प्रतियोगिताआयोजना गरेको छ।

प्रतियोगितामा नेपालको कुनै ठाउँको प्राकृतिक सौन्दर्य, संस्कृति, पर्यटन गतिविधि वा अन्य सान्दर्भिक तस्बिरहरु अनलाइनबाट पठाउन सकिने बोर्डले जनाएको छ।

सहभागीहरुले आगामी जेष्ठ १८ सम्म फोटोहरु पठाइसक्नुपर्ने बोर्डले जनाएको छ। नेपाल पर्यटन बोर्डको फोटो अभियानको साइट फोटा नेपाल डट ट्राभलमार्फत् प्रतियोगितामा सहभागी हुनुपर्नेछ। यसरी सहभागीहरु मध्येहरुबाट उत्कृष्ट पाँच सहभागीहरुले जनही दश हजार रुपैयाँ पुरस्कार प्राप्त गर्ने छन्।

बोर्डका कार्यकारी प्रमुख डा. धनञ्जय रेग्मीले ‘फोटो प्रतियोगिताले नेपालको कुनाकाप्चामा खिचिएको फोटो प्रदर्शनी गर्ने, छलफल गर्ने र फोटोमार्फत् देशको पर्यटन प्रवर्द्धन गर्ने साझा अभियानलाई अघि बढाउने बताए। नेपाल पर्यटन बोर्डले चार वर्षअघि देखि फोटोको माध्यमबाट देशको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यका साथ नियमित #photoNepal ह्यास फोटो नेपाल फोटो प्रदर्शनी गर्दै आएको थियो। फोटो नेपाल फेब्रुअरी २०१६ मा टोनी हेगनको फोटो प्रदर्शनीसँगै सुरु भएको थियो।

बोर्डको यो प्रयासले नियमित अभियानको रुप लिँदा देश चिनाउने फोटो प्रदर्शनी चार  वर्षदेखि निरन्तर रुपमा भइरहेको छ। यस अभियानलाई अझ व्यापक बनाउन फोटो नेपाल डट ट्राभल सुरु गरिएको हो। हाल यसमा २ हजार बढी सदस्यहरुका २० हजार फोटोहरु संग्रहित छन्। इच्छुक कोहीले सोसियल एकाउन्टबाट रजिष्टर हुन सक्ने र प्रतियोगितामा सहभागी हुन सक्नेछन्।

प्रकाशित मिति: : 2020-04-29 15:37:49

प्रतिकृया दिनुहोस्